काग्रेस नेता गगन थापाको अवस्था सामान्य, सबैलाई सजगता अपनाउन आग्रह



नेपाली काग्रेसका युवानेता गगन थापाले आफ्नो स्वास्थ्थ सामान्य रहेको जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत आफु सामान्य रहेको बताउदै आफु संग सम्पर्क रहने सबैलाई सजगता अपनाउन र स्वास्थमा कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नु आग्रह गर्नुभएको छ । उहाँ अहिले घरमै आइसोलेसनमा रहेको स्पष्ट पार्नुभएको छ ।

थापासहित कांग्रेसका ४ जना केन्द्रीय सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उहाँहरुसँगै कर्मचारी र सुरक्षाकर्मीलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो । १९ असोजमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका १५ असोजमा पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी दुई सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : आश्विन १८, २०७७ आइतबार  ३ : ०३ बजे