पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २२ सय ५३ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ८६ हजार ८ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ६४ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।
आज १३२९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।








