डा . केसीलाई उपेक्षा नगर !



बिभिन्न सुधारबादी माग राखेरआमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अत्यन्त कमजोर भइसकेको र उनलाई अक्सिजन दिन शुरु गरिएको जानकारी चिकित्सकहरूले गराएका छन् ।डा. केसिले चिकित्सा शिक्षा लगायत बिभिन्न सुधारबादी माग राखेर पटक पटक अनसन बस्दै आएका छन ।यस पटक डा . केसीले २० दिनअघि कर्णाली प्रदेशको जुम्लामा विभिन्न माग राखेर सत्याग्रह सुरु गरेका थिए ।पछी काठ्माण्डौ आएर उनले अनसनलाई निरन्तरता दिए ।

उनको अनसनप्रती अहिले सबै तिरबाट समर्थन बढ्दै गएको छ भने सरकारचाही सुनेको नसुन्यै गरेर मस्त निद्रामा देखिएको छ ।सत्तारुढ नेकपा बाहेकाका सबै राजनितिक दल्,नागरिक समाज पेशाकर्मि, पूर्व राजनितिज्ञ ,मानबाधिकारबादी संस्था र आम नागरिक डा. केसिको पक्षमा देखिएका छन भने सत्तारुढ दलका नेताहरू, मेडिकल माफिया र तिनका समर्थकहरुलाई डा केसिको अनसन घाडो बनी रहेको देखिन्छ ।

उनको समर्थनमा उत्रीएका सबै ब्यक्ती तथा संस्था हरुले तत्काल बार्ताका लागी पहल गर्न सरकारलाई आग्रह गरिरहेका छन तर सरकार कानमा तेल हालेर बसेको भान हुन थालेको छ ।मेडिकल माफिया र तिनका समर्थक बिरुद्द एउटा ब्यक्तिले अभियान छेड्दा सरकारले तत्काल माग पुरा गरेर माफियाबिरोधी चरित्र प्रदर्शन गर्नु पर्नेमा उल्टै अन्सन बसेको यत्तिका दिनसम्म डा केसिसग बार्ताका लागी समेत आनाकानी गरेर सरकारले माफियामैत्री चरित्र उदाङ्गो पारेको छ ।

अनसन बसेर सरकार र माफिय्या माथी नैतिक दबाब सिर्जना गरिरहेका डा केसी प्-रती सरकारल्र गरेको बेवास्ता हेर्दा लाग्छ सरकारसगा साच्चिकै नैतिकता सकिएको छ । नैतिकता भए पो नैतिक दबाब हुने हो नैतिकता नै नभए नैतिक दबाब को के अर्थ हुन्छ ?सरकारका गतिबिधिले प्रस्टै पारेको छ ।

लामो समयदेख्गी कुशासनको शिकार बनेर पिल्सिएका जनाता डा. केसिको पक्षमा छन ।डा. केसिले सुशासन ,परिवर्तन र निमुखाको पक्षमा लगातार लडेर आफुलाई जनपक्षिया कित्तामा उभ्याइसकेका छन ।उनिसगा बार्ताको पहल थालेर उनको जिबान रक्षाको खातिर तदारुकता नदेखाउनु सरकारको जनबिरोधी चरित्र हो ।

न्यायको पक्षमा अनसन बसेर न्याय र समानताको वकालत गर्ने अभियनताको जिबन रक्षा गरेर सरकार माफियाको बिरुद्दमा छ भनेर देखाउने  अबसर सरकारले नगुमाओस, उनको जिबन रक्षा गर्नु मानबिय कुरा पनि हो, सरकारले मानबिय दायित्व नभुलोस र तत्काल उनिसगा बार्ताका लागी पहल शुरु गरोस । डा गोबिन्द केसिको जिबनको रक्षा होस हाम्रो आग्रह छ ।

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  ७ : १८ बजे