पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १५ सय ५१ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ९० हजार ८ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार १७ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा १६३ कोरोना संक्रमित थपिएका हुन् ।
तेसैगरी कोरोना भाइरसको संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर नौ जनाको मृत्यु भएको हो ।
आजसम्म ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज २३४० जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए








