गत २४ घण्टामा देशमा ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
योसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको छ।
तेसैगरी गत २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८५ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २६ हजार ६८४ जना सक्रिय संक्रमित छन्। ११ हजार ७१७ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
आज १८ हजार ४७३ जनाको परीक्षण भएको छ।
आजसम्म ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।
आज २६७५ जना संक्रमणमुक्त भएको डा ।गौतमले जानकारी दिए ।








