पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०९ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा १११६ जना, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ। अब काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा ४ हजार १७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन्।








