पुराना कांग्रेस नेता रामबाबु प्रसाईको निधन



पुराना कांग्रेस नेता रामबाबु प्रसाईँको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।कांग्रेसका केन्द्रीय पूर्वकोषाध्यक्ष तथा समाजसेवी प्रसाईँको शुक्रबार दिउँसो १:३० बजे निधन भएको उनका परिवारजनले जानकारी दिएका छन्।

खनुपरूदे भनेर चिनिने प्रसाईँको कोरोना संक्रमणका कारण राजधानीको ओम अस्पतालमा उपचार भइरहेको थियो। प्रख्यात समाजसेवी चिन्तक सीके प्रसाईँका दाजु खनुपरुदे पछिल्लो समयमा कांग्रेसको राजनीतिबाट अलग थिए।

बिपी कोइरालाका समकालीन नेता प्रसाईँ पछिल्लो समयमा २०४७ सालको संविधानलाई पुनर्स्थापित गर्नुपर्छ भन्ने अभियानमा थिए।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ११ : १८ बजे