आगामी २५ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामवावु प्रसाई(खनुपरूदे प्रकाहा) को असोज २३ गते भएको निधनको कारणले बैठक स्थगित भएको जनाइएको छ ।
स्थगित भएको बैठक पुन :कहिले बस्ने भन्ने खुलाईएको छैन ।
अब दशै नजिकिइसकेकोले आगामी बैठक अब दशै पछी कोरोना सङ्क्रमणको अवस्था हेरेर मात्रै तय हुने कांग्रेसका एक नेताले न्यू सञ्चारलाई बताए ।
कोरोना सङ्क्रमणका कारण मिती समेत निर्धारण गरिसकिएको कांग्रेसको आगामी महाधिबेशनको कार्यतालिकामा समेत असर परिसकेको छ ।
निर्धारित मितीमै महाधिबेशन हुन सक्ने वा नसक्ने सार्दा कुन मितिमा सार्ने लगायतका बिषयमा छलफल गर्न बोलाईएको केन्द्रिय समिती बैठकनै अनिश्चित बनेसगै महाधिबेशनको कार्यातालिकानै लगभाग अनिश्चित बनेको छ ।
कोरोना सङ्क्रमणका कारण महाधिबेशनको कार्यतालिका पुरै प्रभाबित भइसकेको र अर्को कार्यतालिकाका बारेमा छलफल गर्न दशैपछी कोरोना सङ्क्रमणको अवस्था हेरेर केन्द्रिय समिती बैठक बस्ने भएकोले नेपाली कांग्रेसको घोषित महाधिबेशन अब कुन समयमा हुने अन्योल उत्पन्न भएको छ ।








