सरकारले अबको लगभग एक महिना कात्तिक मसान्तसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी ३० कात्तिकसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।देशभित्र कोरोना जोखिम बढेपछि सरकारले सीमानाका बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
सरकारको निर्णयसँगै दशैं र तिहारमा सीमापारीबाट घर आउन चाहने नेपाली समस्यामा पर्न सक्छन् ।यधपी छिमेकी भारतमा समेत सङ्क्रमण बढिरहेकाले कोरोना सङ्क्रमण नियन्त्रणका लागी सिमा नाका ब न्द गर्नु आवाश्यक ठानिएको थियो








