२४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ सहित २६३८ जना कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २६ सय ३८ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना संक्रमित भेटिएका छन्।

काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा दुई हजार १७४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८० हजार ९५४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ६ प्रतिशत रहेको छ ।

आजसम्म ८० हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

आज २१७४ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  १० : ५० बजे