पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३७ सय ४९ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।
आजसम्म ८४ हजार ५ सय १८ जना संक्रमणमुक्त भएका छन् । आज ३५६४ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए








