भ्रष्टाचारको छानबीन गर्न कसले रोकेको छ ? बाबुराम भट्टराइ



पूर्व प्रधानमन्त्री डा . बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार प्रकरणका बारेमा उच्चस्तरीय र निश्पक्ष छानबीन गर्न कसले रोकेको छ ? भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा . भट्टराईले यस्तो विषय उठाएका हुन् । उनले लेखेका छन्,‘प्रमको भ्रष्टाचारप्रति साॅच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षाप्रेस,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीयनिष्पक्ष छानवीन गर्न कसले रोकेको हो त ?कुराले हैन काम गरेर देखाउनोस्!नत्र ढाॅटको कुरा खाई पत्याउनु…!

प्रकाशित मिति : आश्विन ३०, २०७७ शुक्रबार  ६ : ४८ बजे