पछिल्लो २४ घन्टामा ४३ सय ९२ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४३ सय ९२ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख २६ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

आजसम्म ८८ हजार ४० जना संक्रमणमुक्त भएका छन् । आज ३५२२ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ३०, २०७७ शुक्रबार  १२ : २४ बजे