शनिबार काठमाडौंमा १७४६ सहित ३१ सय ६७ जना कोरोना संंक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३१ सय ६७ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख २९ हजार ३ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १४५१ जना, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आजसम्म ८९ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् । आज १८०० जना संक्रमणमुक्त भएको डा ।गौतमले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  १० : ४४ बजे