पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका आज २९ सय ४२ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ९२ हजार १ सय ६६ जना संक्रमणमुक्त भएका छन् । आज २३२६ जना संक्रमणमुक्त भएको डा ।गौतमले जानकारी दिए ।








