कांग्रेस नेता एवं सांसद प्रकाशमान सिंहले माक्स वितरण कार्यक्रम शुरू गरेका छन ।
उनकाे निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं १ मा आजबाट उनले याे अभियान शुरू गरेका हुन ।
सिंहकाे सचिवालयका अनुसार स्थानिय पार्टि कार्यकर्ता, उपभाेक्ता समिति र टाेल सुधार समितिमार्फत अब घर घरमा निशुल्क माक्स वितरण गरिने छ ।
कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नेता सिंहले नागरिकको जीवनरक्षका लागि मास्क वितरण गरिएकाे बताए । उनले यसअघि पनि क्षेत्र नं १ मा कोरोना महामारीपछि समस्यामा रहेकाहरुलाई खाद्यान्न सहयोग गरेका थिए ।
सामाजिक दुरी कायम गर्दै र सुरक्षा सर्तकता अपनाउँदै आज मास्क वितरण अभियानको शुरुवात गरिएकाे र दसै अघिसम्म काठमाडौं क्षेत्र नं १ का सबै मतदाताकाे घर घरमा माक्स वितरण गरिने उनले जानकारी दिए ।








