पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३७ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले जानकारी दिए ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा २००८ जना, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आजसम्म ९४ हजार ५ सय १ जना संक्रमणमुक्त भएका छन् । आज २३३५ जना संक्रमणमुक्त भएको डा ।गौतमले जानकारी दिए ।








