सभापति देउवाद्वारा घर-डेरामै पर्व मनाउन आग्रह



नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले घर(डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध गरेका छन् ।

विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सामाजिक सांस्कृतिक पर्वहरु मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभ(कामना व्यक्त गर्दै कोरोना भाइरस ९कोभिड(१९० को सङ्क्रमणप्रति सचेतता अपनाइ मठ मन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि आग्रह गरेका छन् ।

“दसैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्‍भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ,” सन्देशमा उनले भनेका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबुत बनाउँदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन् ।

“कोरोना भाइरस सङ्क्रमणको नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पूर्ण रुपमा असफल भएको छ । आम जनताको स्वास्थ्य खतरामा परेको छ, अर्थतन्त्र धरासायी भएको छ । जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको छ । सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार, अनुत्तरदायी र कर्तव्य विमुख देखिएको छ,” सन्देशमा उनले भनेका छन्, “कोरोना भाइरस रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफैं पनि सचेत र सजग हुन जरुरी देखिएको छ ।”

विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । (रासस

प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार  १० : ५७ बजे