नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कानूनी राज्य कहाँ छ भनी प्रश्न गरेका छन् ।
उनले व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमालेको पर्साको प्रसङ्ग निकाल्दै कानूनी राज्य कहाँ छ भनी प्रश्न गरेका हुन् ।
सामाजिक संजाल ट्वीटरमार्फत डा . कोइरालाले देशमा दण्डहिनताले सीमा नाघिसकेको उल्लेख गरेका हुन् । उनले जनता न्याय माग्न कहाँ जाने भनी प्रश्न समेत गरेका छन् ।
डा . कोइरालाले, भनेका छन ‘दण्डहिनताले सिमा नाघिसक्यो. व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?’
दण्डहिनताले सिमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?
— Dr Shekhar Koirala (@Shekharnc) October 29, 2020










