बारामा तस्कर र प्रहरीबिच झडप, प्रहरीद्वारा १० राउन्ड हवाई फायर



बारामा प्रहरी र तस्करबीच भएको झडपमा दुई प्रहरी सहित तीन जना घाइते भएका छन् । बुधबार रात िजिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवहीगोठ टोल भएर भारतबाट प्याज नेपाल भित्राउदै गर्दा प्रहरीले टोली पुगेको थियो ।

प्रहरी टोलीले तस्करलाई नियन्त्रणमा लिएरको विरोधमा भएको झडपपछि अवस्था गम्भिर बन्न पुगेको थियो ।

झडप नियन्त्रण गर्न प्रहरीले करिब १० राउन्ड हवाई फायर गरेको छ । झडपमा प्रहरी नायब निरीक्षकसहित एक जवान र एक जना तस्करपक्षका घाइते भएका छन्

प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार  ५ : ०० बजे