नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
कात्तिक २१ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो ।
पार्टीको आगामी १४ औँ महाधिवेशन तोकिएकै मितिमा गर्न सम्भब नभए कुन मितिमा गर्न सकिन्छ भन्ने बिषयमा बैठकमा छलफल हुने बताइएको छ ।
यस अघी गत असोज २५ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको थियो ।
नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामवावु प्रसाई(खनुपरूदे प्रकाहा) को असोज २३ गते भएको निधनको कारणले बैठक स्थगित भएको जनाइएको थियो ।
कोरोना सङ्क्रमणका कारण मिती समेत निर्धारण गरिसकिएको कांग्रेसको आगामी महाधिबेशनको कार्यतालिकामा समेत असर परिसकेको छ ।
निर्धारित मितीमै महाधिबेशन हुन सक्ने वा नसक्ने सार्दा कुन मितिमा सार्ने लगायतका बिषयमा अबको बैठकमा छलफल हुने कांग्रेसका एक नेताले न्यू सञ्चारलाई बताए ।
तेस्तै महाधिबेशन को तयारिसगा जोडिएका अन्य प्रक्रीया र बिषयमा पनि छलफल हुने ति नेताले बताए ।









