पछिल्लो २४ घण्टामा ३५ सय १७ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३५ सय १७ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ९८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म १४ लाख ३४ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ७ हजार १९० जना र होम आइसोलेसनमा ३१ हजार ३८७ जना रहेका छन् ।

आजसम्म देशभर दुई हजार ६६६ जना क्‍वारेन्टिनमा रहेका छन्

आज ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।

आज १ लाख २८ हजार ९ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  १० : ५२ बजे