कांग्रेस सभापति शेरबहादुर देउवाले आज पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारविरुद्द सडक प्रदर्शन, संसदको विशेष अधिवेशन मागलगायतका विषयमा छलफल हुने बताइएको छ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा छलफल हुने जनाइएको छ।
तेस्तै बैठकमा पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
शभापती देउबासग असन्तुष्ट समुहका नेताहरुले विभाग गठन्, क्रियाशील सदस्यता वितरण, मनोनित केन्द्रीय सदस्य, भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा आपत्ति जनाउँदै सभापति देउवाले एकतर्फी गरेका निर्णय खारेज हुनुपर्ने माग गरिरहेका छन ।
उक्त मागहरुका बारेमा समेत बैठकमा छलफल गरेर बिबाद मिलाउने प्रयास पनि हुने बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।








