पछिल्लो २४ घण्टामा ३३ सय ९ जना संक्रमित, ३० जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३३ सय ९ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख ८६ हजार २ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप ३० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो ।

यो दैनिक मृत्यु हुनेको संखयमा अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।

आज ३८४४ जना संक्रमणमुक्त भएका छन् ।

आज १ लाख ४४ हजार ८ सय ७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार  ११ : ५७ बजे