कांग्रेसका युवा नेता एबं केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना भाइरसबाट संक्रमित भएका बिरामीलाई बचाउन सहज हुने हिसाबले ‘प्लाज्मा’ नामक एन्ड्रोइड मोबाइल एप ल्याएका छन् ।
गत सोमबार देखि सार्वजनिक गरिएको नयाँ भर्सनको यो मोबाइल एपमार्फत प्लाज्मा दिन चाहने र लिन चाहनेलाई जोड्न सजिलो हुनेछ ।
खबरलहर संग कुराकानी गर्दै युवा नेता पौडेलले भने – ‘कोरोनाको कहरमा कसरी सहयोग गर्न सकिन्छ भनेर निरन्तर हामी पहल गरिरहेका छौ र यो कोरोना महामारीमा जनतालाई कसरी सहज, सरल र सुलभ ढंगले तत्काल सेवा दिन सकिन्छ भनेर पहल गरेको हो’
अहिले कोरोना जितिसकेका व्यक्तिहरुलाई प्लाज्मा दिएर सहयोग गर्न अनुरोध गर्नै काम पनि यसै एपको माध्यमबाट भएको बताउदै नेता पौडेलले भने – ‘हामी राजनिति कर्मी हौँ, त्यसोहुँदा धेरै सामाजिक संजाल र समाजसंग जोडिएका हुन्छौं वा धेरै संग सम्पर्क हुन्छ र त्यो सबैलाई अपिल गर्न सकियो भने एकादमी सहज हुने देखेर पनि यो एप प्रयोगमा ल्याएका हौँ ।’ ‘आजभोलि जताततै सामाजिक संजालमा प्लाज्माको आवश्यकता पर्यो भनेर धेरैले लेखेको देखेको साथै भौतिक दुरी पनि कायम राखेर समस्या समाधान गर्न सकिने यो नै उपयुक्त र सजिलो माध्यम हो भन्ने पनि मेरो बुझाई हो’ – पौडेलले भने ।
प्लाज्मा दिन तयार गराउने र चाहिने व्यक्तिलाई जोड्ने काम यो एपले गर्नेछ । प्लाज्मा दिन चाहने र लिन चाहने दुबैले अनलाईन बाटै फर्म भर्नुपर्ने हुन्छ । सोहि प्लाज्मा एप मार्फत लिबस्ने अवस्था प नि छैन ने र दिने बीच भेट गराइदिने काम पनि हामीले गर्ने हो, जसका कारण बिरामीले कुनै झन्झट र समयको बचत गरि उपचार गर्न सहयोग पुग्नेछ ।
एप शुरु गरे लगत्तै अहिलेसम्म दुई जनाले प्लाज्मा दिएको र दुई जनाले उक्त प्लाज्मा लिइसकेको पनि पौडेलले जानकारी दिए। उनले भने, ‘दुई जनाबाट लिएर दुई जनालाई दिइसकिएको छ । माग धेरै भइसकेको छ । आफूले चिनेकालाई अनुरोध गरिरहेका छौं । बिस्तारै यो चिनजानको भन्दा बाहिरको दायरामा गएर प्रचार गर्नेछौं ।’
नेता पौडेलका अनुसार यस्तो बेला रचनात्मक भुमिका मार्फत जनताको सेवा गर्नु अत्यावश्यक छ, यहाँ सरकारको मुख ताकेर बस्ने अवस्था पनि नभएको भन्दै स्वयं हामी नै सक्रिय हुन आबश्यक छ। ‘यो समय एकले अर्कालाई बचाउने समय हो, त्यसैले उत्तम विकल्प यही नै हो भन्ने लाग्यो’ नेता प्रदिप पौडेलले बताए । निको भएकाले आफ्नो रगत दिँदा शरीरलाई केही हानि हुन्न भनेर चिकित्सकबाट बुझाएर प्लाज्मा लिने गरेको पनि उनले सुनाए ।
‘आजभोलिको डिजिटल माध्यमबाट सहज रूपमा चलेको समाजमा सहयोग गर्नको लागि आवस्यक पर्नेले लिन चाहने र दिन चाहने बिचमा समन्वय गर्न खोजिएको हो र त्यो बाताबरण बनाउन खोजेको हो’ – युवा नेता पौडेलले भने । उनको यो कदममा सशांक श्री न्यौपाने, मेली शाह र लभेश हमालले साथ् दिएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार कोरोना भाइरस संक्रमणबाट मुक्त भएको चौध दिन देखि तीन महिनासम्म प्लाज्मा दिन मिल्छ । जसको फलस्वरूप शरीरमा एन्टीबडी विकसित भइसकेको व्यक्तिले प्लाज्मा दिँदा त्यसले अर्को गम्भीर संक्रमितलाई बचाउन मिल्ने चिकित्सकहरुको भनाई छ ।








