पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ हजार ५१ जना संक्रमित थपिएका छन् ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३९८ कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।
काठमाडौंमा मात्र हालसम्म १६ हजार ३३१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २५९ जनाको मृत्यु भएको छ
आज ३४ सय ३० जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म १ लाख ४८ हजार ४ सय ८० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








