हाल नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी, शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
शनिबार दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आइतबार दिउँसो भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।








