राष्ट्रपतिको भूमिकाप्रति भीम रावलको आपत्ति



पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीको खेलेको भूमिकाप्रति नेकपा भित्रै बाट प्रश्न उठेको छ।नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको आन्तरिक राजनीतिमा राष्ट्रपतिले कुनै एक पक्षलाई साथ दिँदै सक्रिय रहेको खबर आइरहेको भन्दै राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका हुन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको आन्तरिक विवादमा राष्ट्रपती सक्रीय हुनुलाई धेरैले नराम्रो भनिरहेका बेला स्थायी कमिटी सदस्य भीम रावलले ट्विटरा मार्फत राष्ट्रपतिको भूमिका माथी प्रश्न गरेका हुन ।

उनले भनेका छन्” नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।”

राष्ट्रपति भण्डारीले पछिल्लो समय नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति कार्यालय सितल निवास बोलाएर पार्टी एकतालाई मजबुद पार्न निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको आन्तरिक विवादमा राष्ट्रपती सक्रीय हुनुलाई धेरैले नराम्रो टिप्पणी गरेका छन ।

 

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  ५ : ३८ बजे