अमेरिकी चुनाव परिणामले विश्वलाई फेरी उदार लोकतन्त्र र सहकार्यतिर डोर्याउने छ : गगन थापा



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता गगन थापाले अमेरिकी चुनावी परिणाम विश्व राजनीतिलाई फेरी उदार लोकतन्त्र, सहकार्य र बहुपक्षीयता तर्फ डोर्‍याउँने तर्फ अग्रसर भएको बताएका छन ।

अमेरिकि राष्ट्रपतिको निर्बाचनमा जो बाइडेन निर्बाचित भएपछी सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै नेता थापाले यस्तो बताएका हुन ।

थापाले अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई फेरी उदार लोकतन्त्र, सहकार्य र बहुपक्षीयता तर्फ डोर्‍याउँछ भन्नेमा विश्वास पलाएको उल्लेख गरेका छन ।

उनले नेपालका र अन्य तिरका पनि अनुदार,आत्मरतिमा अभिभूत नेता र सरकारलाई तह लगाउन प्रयत्नशील सबैलाई प्रेरित गर्नेछ भनेका छन ।

प्रकाशित मिति : कार्तिक २३, २०७७ आइतबार  ३ : ३२ बजे