पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २७ सय ३६ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या १ लाख ९९ हजार ७ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको कुल संख्या १ हजार १४८ पुगेको छ ।
आज ८ सय ५३ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म १ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








