काठमाडौंको तापक्रम ८ डिग्री सेन्टिग्रेड : यस्तो रहनेछ आगामी तीन दिनको मौसम



जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्याकाको तापक्रम ८ डिग्री सेन्टिग्रेड रहेको छ । ८ः४५ बजेसम्म यो तापक्रम केही तल झर्न सक्ने बताइएको छ ।विभागले यो तापक्रम अघिल्ला वर्षहरुको जस्तै सामान्य भएको जनाएको छ । दिउँसो मौसम सफा रहे पनि विहान बेलुका भने चिसो हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

यसै बिच हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल हिमाली भूभागमा आंशिका बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ्। राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ्।यस्तै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार दिउँसो भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।राति, देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ३ : ४१ बजे