कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो



नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ ।

कार्तिक २७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले बिहीबारका लागि निर्धारण गरेको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको हो ।

उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेका कारण बैठक सारिएको पनि मुख्य सचिव पौडेलले जानकारी दिए ।

यस अघी पार्टी भित्रका बिबादको समाधान खोज्न र आगामी बैठकाका एजेन्डा तय गर्न कांग्रेस शिर्ष नेताहरुको बैठक बसीरहेकोले पार्टी केन्द्रिय समितिको बैठक पटक पटक सरेको थियो ।

पछिल्लो समय पार्टिका शिर्ष नेताहरुबिच सहमती बनीसकेको बताइएको छ ।

 

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ११ : २९ बजे