नेपालमा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २२ जनाको मृत्यु भएको थियो।
गत २४ घण्टामा २ हजार ५ सय ६९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ।
कुल संक्रमितमध्ये ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित छन्।








