बैतडी बस दुर्घटनाका मृतक ९ जनाकै पहिचान खुल्यो



बैतडीको खोडपेमा गएराति भएको बस दुर्घटनामा परेर ज्यान गुमाउने ९ जनाकै पहिचान खुलेको छ ।

गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना।५ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस पाँच सय मिटर तल खसेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा कञ्चनपुर तिलाचौरकी १५ वर्षीया कृतिका कार्की, दार्चुला मालिकार्जुन डाँडाकोटका जगन्नाथ ओझा (शिक्षक), बैतडी दोगडाकेदार ६, सित्तडका कपिन्द्रप्रसाद जोशी ,दोगडाकेदार गाउपालिका कर्मचारी,, दार्चुला खरकडाका तर्कराज गिरी, बैतडी दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द (प्रहरी जवान), कञ्चनपुर भीमदत्त नगरपालिका १० की बिज्‍नादेवी धामी, कैलाली फूलबारीका नरेन्द्र चौधरी, कैलालीकै ऋषिराम चौधरी र बैतडी दोगडाकेदार ६, सित्तडका करनसिंह ऐडी छन् । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ८ : ०६ बजे