कांग्रेस नेता नवीन्द्रराज जोशीले दिए घरदैलो कार्यक्रमलाई निरन्तरता



नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन । ।कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन भन्दै उनले घर दैलो कार्यक्रम शुरु गरेकाअ हुन ।

नेता जोशीले काठमाडौंको क्षेत्र ८ मा कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारीमूलक विषयहरु लिएर घरदैलो कार्यक्रमको आयोजना गरेका हुन् । विभिन्न चिकित्सकसहितको टोली बनाएर नेता जोशीले केही दिनदेखि घरदैलो कार्यक्रम आयोजना गरिरहेका छन् ।

काठमाडौं क्षेत्र ८ आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले सचेतनाका लागि आफ्नो दायित्व पूरा गर्न घरदैलो कार्यक्रम आयोजना गरिएको नेता जोशीले बताए । जनताको घरदैलोमा गएर कोरोना संक्रमणबाट कसरी बच्ने, मास्क कसरी लगाउने, भौतिकदूरी कायम गर्ने, नियमित हात धुने, स्यानिटाइज गर्नेलगायत विषयमा जानकारी गराएको नेता जोशीले बताए ।

 

 

प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार  ११ : ३१ बजे