पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १४ सय ७७ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ६ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
यस सगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ ।
आज २७ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म १ लाख ७३ हजार ७ सय ३० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








