मौसम सफा रहने : काठमाडौंको तापक्रम ६.४ डिग्री सेन्टिग्रेड,



जल तथा मौसम विज्ञाव विभागका अनुसार देशैभरी मौसम सामान्यत सफा रहने छ भने आगामी केहि दिन हिमपात तथा बर्षाको सम्भबना देखिदैन ।बिभागले हिजो मात्रै आगामी केहि दिन बर्षा र हिमपातको सम्भाबना औल्याएको थियो ।

यसै बिच काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ६ .४ डिग्री सेन्टिग्रेड रहेको छ । जल तथा मौसम विज्ञाव विभागका अनुसार यो हिजोकोभन्दा केही कम हो । विभागका अनुसार हिजो विहान तापक्रम ८ .६ डिग्री सेन्टिग्रेड माापन गरिएको गरिएको थियो ।

हिजो दिनभर घाम नलागेको र हिमाली भेगमा हिमपात भए पनि आज भने केही स्थानमा मौसम बदलीको सम्भावना रहे पनि पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको मानन्धरले जानकारी दिइन् ।

“काठमाडौंमा आज दिनभर घाम लाग्ने छ । देशभर अझै दुईतीन दिन पानी पर्ने सम्भावना देखिँदैन” मौसम विद् मानन्धर भन्छिन्, “हिजो हिँउ परेका तथा अन्य भेगमा पनि आज हिमपात हुने सम्भावना देखिँदैन ।”

।

प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार  ४ : २६ बजे