पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १६ सय ६९ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख २० हजार ३ सय ८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १६ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३२१ पुगेको छ ।
आज ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








