२४ घण्टामा १७ सय ९० जना संक्रमित थपिए ,२४ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १७ सय ९० जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख २४ हजार ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २४ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो

आज २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ४ हजार ८ सय ८५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार  ११ : ५४ बजे