अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालोझण्डा



नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई उनकै गृहनगर बुटवलमा कालोझण्डा देखाइएको छ । बुधबार बिहानै बुटवलको नेपालगञ्ज रोडमा कालोझण्डा देखाइएको हो ।

नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालोझण्डा देखाएका हुन ।

उनी सवार सवारीलाई रोकेर नेपाल तरुण दलका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् । अर्थमन्त्रीको पदसँग राजधानी साटेको भन्दै तरुण दलले कालोझण्डा देखाएको हो ।

बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानीलाई दाङको भालुवाङमा स्थायी राजाधानी सार्न दिएर आफूले अर्थमन्त्री पद खाएको आरोप पौडेलमाथि रहेको छ ।

नेपालगञ्ज रोडमा झडपको स्थिति आएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । पौडेल भने पश्चिम बेलबासतिर लागेका छन् ।

उनी विवादित सात सय घर धुरीको उठिवास लगाएर बन्दै गरेको तिनाउ–दानव करिडोरको शिलान्यास गर्न बुटवल गएका हुन् ।

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  ३ : ३५ बजे