पछिल्लो २४ घण्टामा १९ सय ४८ कोरोना संक्रमित थपिए, २८ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १९ सय ४८ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख २६ हजार २६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा २८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस सगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।

आज ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्

। आजसम्म २ लाख ७ हजार ९ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  ११ : ३० बजे