पछिल्लो २४ घण्टामा १६ सय १४ जना संक्रमित थपिए , २३ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १६ सय १४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

यस सगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।

आज १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहिबार  १२ : ०५ बजे