देशैभरी चल्यो कांग्रेस प्रवेशको लहर : गोरखामा सयभन्दा बढि नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश



पछिल्लो समय देशैभरी गोरखामा कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ ।यसैक्रममा गोरखमा नेकपा परित्याग गरी एक सयभन्दा बढि नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गोरखाको अजिरकोट गाउँपालिका एउटै वडामा एक सयभन्दा बढि नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । नेकपाको दुइतिहाईको सरकारले जनतमतको उल्टो काम गरेकाअले नेकपा परित्याग गर्नुपरेको नबा प्रबेशिहरुले ब ताएका छन । गोरखाको अजिरकोट गाउँपालिका एउटै वडामा एक सयभन्दा बढि नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

सो गाउपालिकाको वडा नम्बर ४ को सिमजुङ र वालुवाबाट कांग्रेस प्रवेश गरेको कार्यकर्तालाई नेपाली कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले माला र टिका स्वागत गरेका छन् । नेकपाबाट कांग्रेस प्रवेश गर्ने कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी र गोरखा काँग्रेसका सचिव नन्दप्रसाद न्यौपाने पनि सहभागि थिए ।

नेपाली काँग्रेस सिमजुङ गाउँ समितिको आयोजनामा भएको सोही कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पाण्डेले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएर विकल्प रोजेको बताए।

कोरोनाको महामारीका बीच जनताको भावना बुझ्दै गाउँगाउँ पुगेका सांसद दवाडीले गोरखाको विकासको लागि जनताले काँग्रेस रोजेको धारणा राखे। सांसद दवाडीले यसअघि कात्तिकमा बारपाक–सुलिकोट वडा नं २ को मान्द्रे, दुम्सी, पोखरी, स्नान, अलगाउँ, थलिडाँडालगायतका १६० युवा काँग्रेस प्रवेश गराएका थिए।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहिबार  १२ : ३९ बजे