काठमाडौँमा आज बढी चिसो महसुस



काठमाडौँमा आज यो वर्षकै बढी चिसो गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४ .५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८ .५ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । “राति मौसम सफा भए बिहानको तापक्रम घट्छ, राति बादल लागे बिहानको तापक्रम बढ्छ”, मौसमविद् पौडेलले भन्नुभयो । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । अबको केही दिन देशभरको मौसम सफा भई घाम लाग्ने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ .५ डिग्री र अधिकतम तापक्रम १८ .५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ .५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ

प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार  १० : १७ बजे