पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १२ सय ५५ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख ७ हजार ५९६ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ।
आज १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख १२ हजार ५ सय ९० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








