ओलि सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन नमान्ने



प्रधानमन्त्री ओलिको कार्यकालमा भ्रष्टाचार बढेको देखाउने ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गर्ने भएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने स्पष्ट पारे ।

ट्रन्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उनको दाबी थियो ।

ट्रान्सपरेन्सीले नेपालमा भ्रष्टाचार बढ्दै गएको प्रतिवेदन दिएको थियो ।

सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिहरु भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने दावी गरेको छ ।

रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारलाई प्रशय दिएको उल्लेख गरिएको थियो ।

प्रधानमन्त्री ओलिको हठकै कारण नेकपा भित्रको बिबाद बढेको भन्ने नेकपाकै नेताहरुले आरोप लगाइरहदा ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई समेत अस्वीकार गर्नुलाई प्रधानमन्त्री ओलिको अस्वभाबिक हठ कै रुपमा बुझ्नुपर्ने जानकारहरु बताउछन ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार  ११ : २० बजे