संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको माग गर्दै राजावादीहरुले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय झण्डासहित उनीहरुले दल भन्दा देश ठूलो हो, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ भन्नेसहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनका सहभागीहरु माइतीघरबाट नयाँ बानेश्वरसम्म गएका थिए । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा यसखालका प्रदर्शन लगातार हुँदै आएका छन् ।








