जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा . बाबुराम भट्टराईले देशका विभिन्न शहर र काठमाडौंमा राजावादीहरुले गरेको प्रदर्शनलाई प्रायोजित हर्कतको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमार्फत डा . भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेको छन्,”यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ।तर यो२१औं शताब्दी हो;सार्वभौम बनेका जनता फेरि दासतामा फर्कनेछैनन्।हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षागर्न नातीपुस्ता जन्मिसकेको छ है!”
यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले०१७सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ।तर यो२१औं शताब्दी हो;सार्वभौम बनेका जनता फेरि दासतामा फर्कनेछैनन्।हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षागर्न नातीपुस्ता जन्मिसकेको छ है!
— Baburam Bhattarai (@brb1954) November 30, 2020










