नेकपा बैठक धुम्बाराहीमा बस्दै, ओलि नजाने



नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको जारी बैठक आज धुम्बाराहीमा बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक एक घन्टा ढिलो गरी २ बजे बस्न लागेको हो ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालका अनुसार बैठक एक घन्टा ढिलो गरी बस्न थालेको हो ।

बैठक कुनै हालतमा स्थगित नहुने खनालले स्पष्ट पारे ।

यसअघि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआउने बताएपछि स्थगित हुने चर्चा चलेको थियो ।

प्रधानमन्त्री ओलीले बैठकमा नआउने बताएपछि उनको अनुपस्थितिमै बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार  ७ : २९ बजे