प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ ।
शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो ।
फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहित परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जनाए।
‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट भएको पाइयो,’ उनले भने, ‘ह्याक कहाँबाट र कसरी भएको हो भन्ने अनुसन्धान हुँदैछ ।’








